कर्णाली प्रदेशसँग बिकासमा साझेदारी गर्न सिम्ता गाउपालिका तयार

दुर्गा बिसी
सल्यान २९, मंसिर ।
कर्णाली प्रदेश सरकारलाई सिम्ता गाउँपालिकाले स्वागत गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई सिम्ता गाउँपालिकाले एक कार्यक्रम विच स्वागत तथा सम्मान गरेको हो ।


टोलीलाइ सिम्ता गाउँपालिले स्वागतसँगै गाउँपालिका भित्रका दुरगामी विकासका वारेमा अवगत गराएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले सिम्ताको शिक्षा, स्वास्थ्य, सडक र विद्युतिकरणको कामको गतिको विषयमा मुख्यमन्त्रीको टोलिलाइ जानकारी गराउनुभएको थियो ।

उहाँले कर्णाली प्रदेश सरकारसँग विकासमा साझेदारी गरि अघि वढ्न गाउपालिकाले चाहेको जानकारी गराउनु भएको छ । मुख्यमन्त्री शाहीले सिम्ताको हरेक समृद्धिको लागि सहयोग गरीरहेको र अझै पनि सहयोग गर्न तयार रहेको जनाउँदै सिम्ताको विकासमा प्रदेश सरकारले सके जति सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस