सल्यान २९, मंसिर ।
मिलनचोक कृषि सहकारी संस्था लिमिटेड त्रिबेणी गाउपालिका १ काभ्रा रामबजार सल्यानको १२ औँ साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष अजय रोकाको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्वालाले अर्थतन्त्रको एउटा आधार सहकारी भएको बताउनुभयो ।
उहाँले आबश्यक परेको बेला साथ दिने भएकाले सहकारी सुख—दुखको साथी भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा खुलेर लगानी गर्नु पर्ने बताउदै उत्पादनशिल क्षेत्रमा जोड दिदा आर्थिक रुपमा सफल हुने बताउनुभयो । उहाँले कृषिको क्षेत्रमा लगानी गर्न सरकार तयार रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै त्रिबेणी गाउपालिका १ का वडाअध्यक्ष छबिलाल खत्रीले सहकारीले वडाको अर्थतन्त्रमा योगदान पु¥याउने गरेको बताउनुभयो । उहाँले सहकारीको वृद्धि, बिकासको लागि लगानी गर्न आफू तयार रहेको बताउनुभयो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य राम खड्कीले आजको बचत भोलिको साहारा भएको बताउनुभयो । उहाले कृषिको क्षेत्रमा लगानी गर्न सुझाव दिनु भयो । कार्यक्रममा २ जना जेष्ठनागरिक लाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष सुकलाल बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहकारीमा करिब ५५ लाख रुपैयाँ पुजी रहेको जानकारी दिईएको थियो ।