सल्यान ३०, मंसिर ।
बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा एक जनालाई पक्राउ गरेको छ । ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय खिमलाल रेउलेलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायव निरिक्षक दत्त बहादुर मल्ल र ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी सहायक निरिक्षक रविन शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोट बजारमा हिँडिरहेको अवस्थामा आरोपितलाई पक्राउ गरेको आईतबार जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उनलाई जिला अदालत सल्यानबाट १० दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।