सल्यान ३०, मंसिर ।
सल्यानका ३६ जना पत्रकारले पत्रकार परिचयपत्र लिएका छन् । सुचना तथा प्रशारण विभाग काठमाडौंले सल्यान खलंगाबाट शनिबार र आइतबार आयोजना गरेको घुम्ती शिविरमा ३६ जना पत्रकारले नयाँ पत्रकार परिचय पत्र लिएका हुन् ।
यस्तै एक जना पत्रकारले पत्रकार परिचय पत्र नविकरण गरेको सुचना तथा प्रशारण विभागका निर्देशक ध्रुर्व कुमार पोखरेलले जानकारी दिनुभयो । घुम्ती शिबिरमा सल्यान टुडे डटकम र दियो अन्लाईन दर्ता भएका छन् । यस्तै लेकाली अन्लाईन र खबरटक नविकरण गरिएको छ ।
संचार तथा सुचना प्रबिधी मन्त्रालय, सूचना तथा प्रशारण बिभागको आयोजना र नेपाल पत्रकार महासंघ सल्यानको स्थानीय ब्यबस्थापनमा शिविरको आयोजना गरिएको हो । यसैबिच दुर्गम जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम पनि सम्पन्न भएको छ ।