बन्गाड कुपिण्डेको छैठौँ नगरसभाः ५७ वुँदे नीती तथा कार्यक्रम पेश, २ बिद्येयक पास

दुर्गा बिसी,
सल्यान ३०, मंसिर ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको छैटौँ नगरसभाले पास गरेका केहि योजना शंसोधन सहित २ कानुन पास गरेको छ । नगरसभाले बिभिन्न योजनालाई सर्बसम्मत पास गरेको छ । नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख गोविन्द कुमार पुनले नगरको विकासमा चनाखो भएर काममा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

सो अबशरमा कुपिण्डे ताल भौतीक पुर्वाधार विकास, पर्यावरण संरक्षण, माँझकाँडा आगरनेटा मैदुपोखरी भलाखर्क हुदै राउँचे बामे सडकको गुरु योजनाका बारेमा सभामा सार्वजनिक गरिएको थियो । यस्तै राताचौर रंगशाला, नगरबाट सवै वडा जोड्ने सडक सञ्जाल नगरका महत्वपुर्ण योजना भएको पनि जनाएको छ ।


नगर सभाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, भौतीक पुर्वाधार, धार्मिक संस्कृतीक क्षेत्रको संरक्षण तथा विकासमा दुर्त रुपमा काम हुने जनाएको छ । नगरसभामा उपप्रमुख मञ्जु यरीले ५७ वुँदे नीती तथा कार्यक्रम पेश गर्नुभएको छ । उज्यालो नगर, वातावरण संरक्षण, विपन्न वर्गको उत्थान, महिला, अपांग, जेष्ठनागरिक, समुदायको उत्थान र रोजगारी तथा सीपमुलक जनशक्ती उत्पादन लगाएतका कुराहरु कार्यक्रममा समेटिएको छ ।

नगरसभाले पाँचौँ नगरसभा वजेट अधिवेशनबाट पारित भएका कुराहरुलाई नै निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०७६।०७७ को कुल वजेट ५२ करोड ८१ लाख ३८ हजार, कुल विनीयोजित चालु तर्फको ३३ करोड २३ लाख, पुजिंगत तर्फ १९ करोड २८ लाख ८६ हजार रहेको छ । त्यसै गरि खर्च तर्फ आन्तरिक राजश्व ५० लाख, नेपाल सरकार वित्तिय समानीकरण अनुदान ३८ करोड २४ लाख, राजश्व बाँडफाँड ११ करोड २९ लाख ४२ हजार, प्रदेश सरकार वीत्तिय समानीकरण अनुदान १ करोड ५ लाख ४४ हजार रहेको जनाएको छ ।


केहि योजना संशोधन भएका छन् भने बाँकी पाँचौँ नगरसभाले पारित गरेका कार्यक्रमलाई नै निरन्तरता दिएको छ । नगरसभाले स्थानीय राजपत्र २०७६ कार्यविधी र बनगाड कुपिण्डे नगरपालिका न्यायीक समिती कार्यविधी २०७६ पास गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काको स्वागत मन्तब्यबाट शुरु भएको नगरसभाको सञ्चालन योजना शाखा प्रमुख हरिष तिरुवाले गर्नु भएको थियो । नगरसभा आज नै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित