कुमाख गाउपालिका अब आफ्नै भवनमा

सञ्जिव लामिछाने,
सल्यान ३०, मंसिर ।
सल्यानको कुमाख गाउपालिका आफ्नै भवनमा सरेको छ । रागेचौरमा भाडाको घरमा सञ्चालन हुदैँ आएको गाउपालिका ३३ महिना पछि आफ्नै भवनमा सरेको हो । गाउपालिकाले बार्षिक रुपमा भाडा मार्फत १ लाख ५० हजार रुपैँया तिर्दै आएको थियो । अहिले गाउपालिका ईच्छुखोलामा सारिएको छ ।

यसैबिच भवनको आज उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकी, गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर, उपाध्यक्ष डिल्ली राज जैसीले भवनको उद्घाटन गर्नुभएको हो ।


यसैबिच भवन निर्माणका लागी जग्गा दान गर्ने ११ जना जग्गादाताहरुलाई सम्मान गरिएको छ । गाउपालिकाले गोपाल योगी, प्रेम बहादुर भारती, टेक नाथयोगी, भद्रि रावत, चित्र नाथयोगी, धनवीर रावत, नर बहादुर भारती, गोबिन्द भारती, रुपकली नाथयोगी, प्रेम बहादुर भारती र सीता कुमा भारतीलाई सम्मान गरेको हो ।


उनीहरुलाई सम्मानपत्रले सम्मान गरिएको छ । वडा न ४ का वडा अध्यक्ष तिलबिर बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस