सल्यान २ पौष ।
सल्यान प्रहरीले सवारीचालक अनुमती पत्र नभएका १९ वटा अटोलाई नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न सडकहरुमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी चल्ने अटो रिक्साहरुलाई निरुत्साहित गर्न सवारी चालक अनुमति पत्र नभई सवारी साधन अटो चलाई रहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अहिले सम्म प्रहरीले १९ वटा अटोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आर.एस.यातायात प्रा.लि.र शिबगुफा यातायात प्रालिका ती अटोहरुलाई नियन्त्रणमा लिएको हो ।
जसमा रा १ ह ३३२६, रा १ ह ४३६३, रा १ ह ४१५३ का ,रा १ ह ४६८२, रा १ ह ३५५०, रा १ ह ४१२९, रा १ ह ४४५५, रा १ ह ३९१३ नम्बको अटो रहेका छन् । यस्तै भे १ ह ४८०५, रा १ ह ४०८४, रा १ ह ४३३१ र रा १ ह ३३९०, रा १ ह ४५०९, रा १ ह ३४७६, रा १ ह ३३७४, रा १ ह ३८११, रा १ ह ४४०१, रा १ ह ३७९१ र रा १ ह ३३६८ नम्बरको अटोलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सवारी चालक अनुमति पत्र प्राप्त गरेका चालकहरुले मात्र अटो चलाउने र सवारी चालक अनुमति पत्र प्राप्त नगरी चलाउन नदिने सहमतिमा नियन्त्रणमा लिएका अटोहरुलाई ट्राफिक नियम उलंघन गरेको कसुरमा कानुन बमोजिम दण्ड जरिवाना गरी सम्बन्धित सवारी धनीको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।