भण्डारीको परिवारलाई आर्थिक सहयोग।

डम्बर के सि

खलंगा पौष २ सल्यान

सल्यानका एक संचारकर्मीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा न  २ खलंगाका निम बहादुर भण्डारीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो । गत मंसिर २८ गते भण्डारीको एक्कासि निधन भएपछी बुटवल बाट प्रकाशन हुने बुटवल टुडे दैनिक पत्रीका र नेपाल पत्रकार महासंघ सल्यानले संयुक्त रुपमा आर्थिक सहयोग प्रदान गरेका हुन ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, सल्लाहकार सनत कुमार शर्मा, शाखा सहसचिव शिव डाँगी लगाएतको टोलिले आज बुधबार घरमा नै पुगेर परिवारलाई रु एघार हजार रुपैयाँ  मात्र रकम हस्तान्तरण गरिएको  हो । भण्डारीले पछिल्लो समय बुटवल टुडे पत्रीका सल्यान खलंगामा बितरण गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस