छत्रेश्वरीमा बालविवाह न्यूनीकरण अभियान शुरु

डम्बर केसी,

सल्यान ३ पौष !

सल्यानमा बालबिबाह गर्नेहरुको संख्या बढ्दै गएको बेला जिल्लामा न्यूनीकरणको अभियान थालिएको छ । जिल्लाको छत्रेश्वरी गाउपलिकाले बालबिबाह न्युनिकरणको अभियान शुरु गरेको हो । जस अन्तर्गत गाउपालिकाले जनचेतनामूलक स्टिकर निर्माण गरेको छ । यो स्टिकर गाउपालिका भित्रका सबै घरमा टाँसिने छ ।

यसमा बालबिबाह न्यूनीकरण सम्बन्धि जनचेतनामुलक कुरा उल्लेख गरिएको गाउपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनु भयो । यस्तै स्टिकरमा जिल्लाका महत्त्वपूर्ण कार्यालयको फोन नम्बर पनि समाबेश गरिएको छ ।

जिल्लामा बालबिबाह बढ्दै गएको छ, यसले समाजमा विभिन्न समस्या निम्त्याएको छ, त्यसैले बाबबिबाह न्यूनीकरण गर्नु आजको आबश्यता ठानेर गाउपालिकाले यो अभियानको शुरूवात गरेको हो, उहाले भन्नुभयो ।


छत्रेश्वरी गाउपालिको आयोजना र जिल्ला प्रहरी कार्यलय सल्यानको सहयोगमा गाउपालिका भित्र हुने बालबिबाहलाई पुर्णरुपमा हटाउनको लागीको अभियान शुरु गरेको हो

प्रतिक्रिया दिनुहोस