परितवर्तन कृषि सहकारी संस्था जयतपानीको बार्षिक समिक्षा बैठक सम्पन्न

सुनिल वली
सल्यान, २ पुस, सल्यान टुडे
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा न ९ जयतपानीमा रहेको परिवर्तन कृषि सहकारी संस्थाको बार्षिक समिक्षा वैठक बुधवार जयतपानीमा सम्पन्न भएको छ । बैठकले आर्थिक बर्ष २०७५।०७६ मा संस्थाले गरेका विभिन्न क्रियाकलापहरुका वारेमा छलफल गर्दै आगामी आर्थिक बर्षका लागि बार्षिक कार्ययोजना पारित गरेको छ।
सहकारी संस्थाका अध्यक्ष राम वहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न वैठकले गत आर्थिक वर्षमा शेयर सदस्य वृद्धिदर ४० प्रतिशत रहेकोमा आगामी आर्थिक वर्षमा ७० प्रतिशतले शेयर सदस्य वृद्धि गर्ने कार्ययोजना पारित गरेको छ । यस्तै शेयर पुजी रकम १ लाख ६९ हजार १ सय बाट वृद्धि गरेर ५ लाख ९१ हजार रुपैया पुर्याइने संस्थाका अध्यक्ष राम बहादुर वस्नेतले जानकारी दिनुभयो ।  यस्तै सहकारी संस्थाले निक्षेप १४ लाख ८७ हजार ९ सय ९२ बाट वृद्धि गरेर ३६ लाख ९१ हजार पुर्याइने कार्ययोजना पारित गरिएको अध्यक्ष वस्नेतको भनाई छ ।
यस्तै सहकारी संस्थाले कोष वृद्धि गर्ने आम्दानी वृद्धि गर्नका लागि सहकारी शिक्षा तालिम सञ्चालन गर्ने अध्यक्ष वस्नेतले जानकारी दिनुभयो । “सहकारी संस्थाले वनगाड कुपिण्डेका ३ स्थानमा आँखा शिविर सञ्चालन गर्ने निर्णय गरेको छ, विद्यालय हातामा सरसफाई गर्ने पनि कार्यक्रम पारित गरेको छ ।” अध्यक्ष वस्नेतले भन्नुभयो ।
सहकारी संस्थालाई व्यवस्थित वनाउनका लागि सहकारी संस्थाले सल्यान जिल्लाभर कार्यक्षेत्र विस्तार गर्नका लागि साधारण सभामा विनियम संशोधन गर्ने निर्णय गरेको छ । यस्तै सहकारी संस्थाले आफना सदस्यहरुको जीवन सुरक्षाका लागि युनियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरी सदस्यहरुको अनिवार्य जीवन विमा गर्नका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थानीय वुद्धिजीवी रिम वहादुर वुढाथोकीको प्रमुख आत्थियतामा सम्पन्न कायक्रममा विमा सम्वन्धी अमिुखीकरण युनियन लाइफ इन्स्योरेन्स श्रीनगर शाखाका प्रवन्धक रमेश कुमार वलीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव चक्र वहादुर डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित