गाउ पालिका केन्द्र भोटेचौरमा प्रहरी चौकी स्थापना

सल्यान ३ पौष ।
सल्यानको छत्रेश्वरि गाउँपालिका केन्द्र भोटेचौरमा प्रहरी चौकी स्थापना गरीएको छ ।बुधबार एक कार्यक्रमका बिच चौकी उद्घाटन तथा स्थानान्तरण गरिएको छ।यस अघि लान्ती बजारमा रहेको अस्थायी प्रहरी बिट उक्त चौकिमा समाहित भएको हो।जिल्ला समन्वय समिती सल्यानका प्रमुख केस बहादुर बिस्टले उक्त प्रहरी चौकीको उद्घाटन गर्नु भएको हो ।

गाउँपालिका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा सप्पन्न उद्घाटन कार्यक्रममा सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछाने,गाउँपालिका उपाध्यक्ष सिता केसि,सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडा लगाएतको सहभागीता रहेको थियो।

चौकी उद्घाटन कार्यक्रममा बोल्दै सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले गाउ पालिका केन्द्र भोटेचौरमा शान्ति सुरक्षा मा टेवा पुग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस