शिब डाँगी
सल्यान ३, पौष ।
साक्षयरता कार्यक्रमको जिल्ला स्तरिय बैठक आज सल्यानको खलंगामा सम्पन्न भएको छ । साक्षयरता कार्यक्रम लागु भएपछि बिद्यालयका बिद्यार्थीहरु कक्षाकोठामा नै रमाई रमाई पढ्न थालेका छन्, भने सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको संख्यामा पनि बढ्दै गएको छ । यो कार्यक्रमले पढाई, लेखाई मा प्रभावकारिता ल्याएको बैठकमा सहभागिहरुले बताएका छन । बिद्यार्थीले पुस्तकालय बाट पुस्तकहरु पनि लगेर पढने गरेका छन । शिक्षामा गुणस्तर ल्याउने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम लागु भएका बिद्यालयमा बिद्यार्थीहरुको पढाईप्रति रुचि बढदै गएको बैठकमा सहभागिहरुले बताएका छन ।
सल्यानको कपुरकोट गाउपालिका , त्रिवेणि गाउपालिका , छत्रेश्वरी गाउपालिका, सिद्धकुमाख गाउपालिका , शारदा नगरपालिका , बागचौर नगरपालिका अन्र्तगत सञ्चालित ५४ वटा सामुदायिक बिद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । बैठकमा अहिले सम्मको कार्यक्रमको विषयमा समिक्षा गरिएको थियो । साक्षरता कार्यक्रम कार्यन्वयनको अवस्था, प्रभाव राम्रा अभ्यास तथा चुनौतिहरु र दिगोपनाका बारेमा रुम टु रिड का कार्यक्रम अधिकृत बाबुराम पोखरेल ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो , भने बैठकमा सहभागिहरुले सल्लाह सुझाव राखेका थिए ।
रुम टु रिड , पढनाको लागि कोठाको प्राविधिक सहयोग र दलित विकास समाज सल्यानको सामmेदारि तथा जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईको समन्वयमा जिल्ला स्तरिय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा साक्षयरता कार्यक्रम लागु भएका गाउपालिका तथा नगरपालिका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ,। दलित विकास समाज सल्यानका कार्यकारी र्निदेशक दुर्गा पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन टेकराज शाहि ले गर्नुभएको थियो ।