कृष्ण माविको ६ कोठे भवनको संसद शाहद्धारा उद्घाटन

दुर्गा वि.सी
सल्यान ३, पौष

सल्यान पश्चिम क्षेत्रको सवै भन्दा पुरानो सामुदायीक विद्यालय कृष्ण माविमा नव निर्मित ६ कोठे भवन उद्घाटन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीका वडा ७ लेखसँग्रहीमा रहेको उक्त मावि २००८ सालामा स्थापना भएको हो । जिल्लाकै चौथो पुरानो विद्यालय भवन नहुदाँ पठन पाठनमा निक्कै ग्राहो हुने गरेको थियो । आव ०७५।०७६ को वजेटमा प्रदेश सरकार तथा प्रदेश संसद,नेकपा कर्णाली प्रदेशका सचेतक गुलाव जंग शाहको विशेष पहलमा ५० लाख विनियोजन रकमले भवन निर्माण कार्यले पुर्णता पाएसँगै विहीबार उद्घाट गरिएको छ ।

गत आर्थिक वर्षमा भवन निमार्णका लागि ५० लाख,शिशु कक्षा व्यवस्थापनका लागि ५ लाख र यो आर्थिक वर्षमा घेरबारको लागि २० तथा २४ थान कम्प्युटर समेत उपलब्ध गराउने शाहको घोषण छ । भवन उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका शाहले सो क्षेत्रमा सडक, शिक्षा,स्वास्थ्य,विद्युत,खानेपानीलाई समेत वजेट विनीयोजन भएको जनाउनु भएको छ ।
नागरिकका आधारभुत सुविधा नहुदाँ यहाँका नागरिक विस्थापीत भए पछि अव यी सवै कुराले प्राथामिकता पाए पछि सवै विस्थापीतहरु पुन स्थापीत हुने जनाउनु भएको छ । उच्च भुभागका नागरिक चरम खानेपानी समस्या र अन्य सुविधाका कारण वेसि झरे पछि गाउँ प्रया सुनसान हुन थालीएको छ । अव सवै विकास भए पछि नागरिक पुन फर्कने जनाएको छ ।

भवन उद्घाट कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष तथा बनगाड नगर प्रमुख गोविन्द कुमार पुन,नेकपा जिल्ला सचिव कर्ण वहादुर वुढाथोकि,नगर कमेटी सचिव गञ्जमान वुढा,जिल्ला समन्वय समिति सदस्य आशा वली,नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश उपाध्यक्ष अकवर पुन लगाएतका मन्तव्य व्यक्तm गर्नु भएको थियो । विद्यालयको शैक्षिक,भौतिक,प्रशासनकि,चुनौतीका विषयमा र भवन निमार्णको खर्च लागतको वारेमा प्रधानाध्यापक मोहन कुमार रोकायले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सम्बन्धीत विद्यालयका प्रअहरु,अभिभावक,शिक्षा सरोकारवाला,वडा अध्यक्ष भुपाल केसी,सचेतक शाहका स्वकिय सचिव रामवहादुर के.सी लगाएतको उपस्थिती रहेको थियो भने स्थानीय वाजागाजाले अतिथीको भव्य स्वागत समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमवहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक हर्ष वली र सञ्चालन राम प्रसाद वस्नेतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस