सामाजिक लेखा परिक्षण कार्यक्रम त्रिबेणि सम्पन्न

शिब डागी
सल्यान, ५ पौष
दलित बिकास समाज सल्यान द्धारा सञ्चालित सुआहारा, सुशासनका लागि नागरिक सहभागिता र साक्षरता कार्यक्रमको त्रिबेणि गाउँपालिकामा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । उत  कार्यक्रमा त्रिबेणि गाउँपालिका मा गरेका गतिबिधिहरुको बारेमा जानकारी गराएको थियो । यस कार्यक्रममा अहिले सम्म गरीएका काम, प्रभाब र आगामि दिनको उद्धेश्यबारे छलफल गरिएको थियो । यो कार्यक्रमले राम्रो परिर्वतन भएको सहभागि अमृता खड्काले बताउनु भयो । साक्षरता कार्यक्रमले बिद्यालयलमा र बिद्याथिमा पढ्ने बिकास मा पनि परिर्वतन भएको अर्का सहभागि कृष्ण ब डाँगि ले बताउनु भयो । हजार दिने आमालाई सुआहारा कार्यक्रमले पनि महत्वपुर्ण योगदान गरेको सहभागि तिला रावतले बताउनु भयो ।
सुशासनका लागि नागरिक सहभागिता कार्यक्रमका संयोजक गुमाण सिह नेपाली, सुआहारा जिल्ला फिल्ड सयोजक तोरण बुढाथोकि, र दलित बिकास समाज सल्यान का कार्यकारी निर्दशक दुर्गा पुनले साक्षरता कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । यसैबिच कार्यक्रमा बोल्दै त्रिबेणि गाउँपालिकाका उपाध्यक्ष करुणा खड्काले कार्यक्रम उपलब्धि र फलदायिक भएको र आगामि दिनमा संगसगै सर्हकार्य गरि अगाडि बढ्ने बताउनु भएको छ ।
सहभागिहरुले उठाएका प्रश्नको जबाफ दिदै सुशासनका लागि नागरिक सहभागिता कार्यक्रमका संयोजक गुमाण सिह नेपाली, सुआहारा जिल्ला फिल्ड सयोजक तोरण बुढाथोकि र कार्यकारी निर्दशक दुर्गा पुनले आगामि दिनमा स्थानिय तह र सरोकारवाला संग कामको बारेमा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ ।

उक्त कार्यक्रममा त्रिबेणि गाउँपालिका बडा अध्यक्षहरु बिषयगत प्रमुख तथा प्रतिनिधि र सरोकारवाला को सहभागिता रहेको थियो ।
दलित बिकास समाज सल्यानका उपाध्यक्ष पूर्णिमा बिक को अध्यक्षता मा भएको कार्यक्रमको सन्चालन पत्रकार शिब डागीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस