प्रभाकर माविमा सञ्चालित महायज्ञमा ३१ लाख संकलन,नगद दान भन्दा वाक दानि वढि

दुर्गा वि.सी.
सल्यान ५ पौष
सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभाकर मावि देवस्थलमा सञ्चालित ज्ञानमहायज्ञमा शुक्रबार सम्म ३१ लाख दान उठेको छ । नगद दान भन्दा वाक दान वढि देखिएको छ ।नगद दान ११ लाख सङकलन भएको छ भने वाक दान तथा उठ्न बाँकी २० लाख देखिएको छ । प्राविधीक धार सञ्चानार्थ गर्नका लागि विद्यालयले ज्ञानमहाज्ञ सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा महायज्ञ सञ्चालनका संयोजक गञ्जमान वुढाले जानकारि दिनु भएको छ । विद्यालयको सर्वाङ्कीन विकास र प्राविधीक धारलाई महत्व दिनका लागि विद्यालयले पुण्यार्थ यो काम गरेको जनाएको छ । यसै मार्फत विद्यार्थीको ज्ञानलाई मलजल गर्न र नयाँ कुरा स्थापना गर्नका लाथि नयाँ कामको सुरुवताका निम्ति ज्ञानमाहज्ञबाट उठेको रकम खर्च गर्ने महायज्ञ सञ्चालन समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक शिखर कुमार यरीको भनाई छ ।

यहि मंसिर २५ गते पौष ४ गते सम्म श्रीमद्भभागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञ सञ्चालन भएको थियोे । प्राविधीक शिक्षा आजको आवश्यकता भन्ने मुल मन्त्रलाई मध्यनजर गर्दे यस क्षेत्रको प्राविधीक शिक्षाको हव निमार्णका लागि थोरै पुण्य दानबाट धेरै फाईदा हुने आशा गरिएको स्थानियको भनाइ रहेको छ । सवैले यस पुण्य कार्यमा सरिक भई सहयोग गरेकोमा विद्यालयले धन्यवाद व्यक्त गरेको छ । संगीतमय श्रीमद्भभागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञमा नेपालका ख्यातीप्राप्त पण्डितद्धय रामचन्द्र निमिल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमिल्सिना ज्युको मुखारविन्दुबाट सुमुधर शैलीमा कथावाचन,राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारद्धारा भजन किर्तन,झाँकी तथा नाटक प्रस्तुत भएकाले दान उठन सफल भएको जनाए छ । सवै श्रदालु भक्तजनहरुलाई उपस्थित भई कथाश्रवण गरि पुण्यआर्जण गरि तनमनधन,वचन एवं कर्मले सहयोग पुर्याईदिनु भएकोमा सबैलाई विद्यालय परिवार तथा मुल समारोह समितिले धन्यवाद र सम्मान गरेको छ । महायज्ञको उद्घाटन कर्णाली प्रदेशका आर्थिक योजनामन्त्री प्रकाश ज्वालाले गर्नु भएको थियो ।महायज्ञमा सबैभन्दा वढि २ लाख ७ हजार रुपैयाँ दिएर सल्लिवजारका कपडा व्यापारी मानवहादुर वस्नेत पहिलो दानदाता हुनु भएको छ ।त्यसै गरि २ लाख १ हजार १ सय १ रुपैया दिएर यरि पेट्रोल पम्पका सञ्चालक दिवाकर यरि दोस्रोमा दर्ज हुनु भएको छ ।तेस्रोमा नेकपा नेता दुर्गा वुढाथोकिले ७५ हजार दान गर्नु भएको छ भने चौथो दाताको रुपमा बनगाड कुपिण्डे नगर प्रमुख तथा नेकपा सल्यान जिल्ला पार्टी अध्यक्ष गोविन्द कुमार पुनले ५७ हजार दान गर्नु भएको छ । १० दिन सम्म चलेको महायज्ञ शुक्रबार समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस