सिद्धकुमाख साना किसान कृषि सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न

सल्यान ६, पौष ।
सिद्धकुमाख साना किसान कृषि सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिकाको मुकाम ढोरचौरमा शनिबार साधारण सभा सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष मेक बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक बर्ष २०७५।०७६ मा संस्थाले गरेका विभिन्न क्रियाकलापहरुका वारेमा छलफल गर्दै आगामी आर्थिक बर्षका लागि बार्षिक कार्ययोजना पारित गरेको छ ।


यस संस्था गाउँपालिकाको वडा नं १, २ र ३ मा सञ्चालन भैरहेको छ । सिद्धकुमाख गाउँपालिकाको सहकारी ऐनबाट २०७५ साल जेष्ठ २२ गते मान्यता प्राप्त गरेको यस संस्थाको शेयर पुँजी ११ लाख २२ हजार ३ सय रहेको छ भने ३३ लाख ३० हजार ६२१ निक्षेप रहेको छ । यस्तै ५८ लाख १ हजार ५ सय ऋण लगानी भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, कर्णाली प्रदेश साना किसान कृषि सहकारी संघका संयोजक शेर बहादुर परियार, १ नं वडाका वडाध्यक्ष राम बहादुर वस्नेत, २ नं वडाका वडाध्यक्ष रुद्र बहादुर बुढाथोकी, ३ नं वडाका वडाध्यक्ष शालिकराम बुढाथोकी लगाएतकाले बोल्नुभएको थियो ।


कार्यक्रमको सहजिकरण संस्थाका प्रवन्धक बालकृष्ण रोकाले र सञ्चालन शेयर सदस्य रेशम बुढाथोकीले गर्नुभएको थियो । यस सहकारीमा ४ सय ५३ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस