सल्यान ६ पौष ।
सल्यानमा अदुवा खेती फस्टाउदै गएको छ । थोरै लगानीमा पनि मनग्य आम्दानी हुने भए पछि अहिले यहाँ अदुवा खेती गर्ने कृषकहरुको संख्या पनि बढ्दै गएको छ । भौगोलिक तथा बाताबरणिय हिसाबले पनि मिलेको र उत्पादन पनि राम्रो हुने भएकाले यहाँका मानिसहरुले कृषि पेशालाई औधी रुचाउँ गरेका छन् ।
एक वर्षीय नगदे तथा मसला बालीमा पर्ने सल्यानको अदुवाले देश तथा बिदेशमा राम्रै चर्चा कमाएको छ । जिल्लाको शारदा नगरपालिका १४ माल्नेटामा रेशाबिहिन बोसे अदुवा उत्पादन हुदैँ आएको छ ।
चालु आर्थिक वर्षमा सल्यानमा ७० करोड बढीको अदुवा उत्पादन भएको छ । यो वर्ष अदुवाबाट सल्यानमा ७० करोड ९५ लाख रुपैयाँ बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा २८ हजार ३ सय ९२ मेटिक्टन अदुवा उत्पादन भएको छ । उत्पादित अदुवामध्ये १६ हजार ८ सय ९३ मेक्ट्रिटन जिल्ला बाहिर निकासी हुने गरेको छ ।
जिल्लाको माल्नेटा, ढारखानी संगै सिद्धेश्वरी, कोटमौला, दमाचौर लगायतका ठाउँमा पनि अदुवाको खेती गरिन्छ । यहाँको अदुवा दाङ, नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, तथा भारत र वंगलादेशका विभिन्न शहरहरुमा समेत पठाउने गरिन्छ ।