सल्यान ७,पौष ।
सल्यानको शारदा नगरपालिकाले एक परिवारलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ निवासी निम बहादुर भण्डारीको परिवारलाई क्रिया खर्च स्वरुप दश हजार रुपैँया सहयोग गरेको हो ।
जन्मजात मुटुको समस्याबाट पिडित भण्डारीको गत मंसिर २८ गते निधन भएको थियो । शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको रोहवरमा नेपाली काँग्रेश सल्यानका सभापती गणेश चन्दले सो रकम उनकी श्रीमतीलाई हस्तान्तरण गर्नुभएको हो । भण्डारीका एक श्रीमती र एक छोरी छन् ।