सल्यानका छ पालिकामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले पूर्णता पायो

सल्यान ८, पुस ।
सल्यानका छ वटा स्थानिय तहमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । जिल्ला कमिटीले पूर्णता पाएको लामो समय पछि जिल्लाका छ स्थानिय तहमा पार्टी कमिटीले पूर्णता पाएको हो । जिल्लाका दश स्थानिय तह मध्ये चार स्थानिय कमिटीले अझै पूर्णता पाउन सकेका छैनन् ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका तथा सिद्धकुमाख, छत्रेश्वरी, त्रिबेणी, कपुरकोट र कालीमाटी गाउपालिकाले पूर्णता पाएको छ भने शारदा र बागचौर नगरपालिका तथा दार्मा र कुमाख गाउपालिकाले अझै पूर्णता पाउन सकेको छैन् ।


गाउ तथा नगर कमिटीको पूर्णताका लागी आईतबार र सोमबार खलंगामा सम्पन्न जिल्ला कमिटी कार्यालयको बैठकले अनुमोदन गरेको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । जस अनुसार बन्गाड कुपिण्डे नगरपालिकामा कृति बहादुर राणा अध्यक्ष र गुञ्जमान बुढा सचिब रहेको ७१ सदस्यीय कमिटी अनुमोदन भएको छ ।

यस्तै सिद्धकुमाख गाउपालिकामा जित बहादुर चलाउने अध्यक्ष र राम बहादुर बस्नेत सचिव रहेको ६५ सदस्यीय कमिटी, कालीमाटी गाउपालिकामा शालिकराम भट्टराई अध्यक्ष र ज्ञान बहादुर खत्री सचिव रहेको ६५ सदस्यीय कमिटी, कपुरकोट गाउपालिकामा घनश्याम शर्मा अध्यक्ष र तिर्थराज बस्नेत सचिव रहेको ६५ सदस्यीय कमिटी, छत्रेश्वरी गाउपालिकामा ओज बहादुर बुढाथोकी अध्यक्ष र प्रेम बहादुर खड्का सचिव रहेको ६५ सदस्यीय कमिटी र त्रिबेणी गाउपालिकामा लोकेन्द्र सिंह खड्का अध्यक्ष र अजय रोका सचिव भएको ६५ सदस्यीय कमिटीलाई अनुमोदन गरिएको छ ।


यस्तै बैठकले जिल्ला पार्टी कार्यालयलाई ब्यबस्थित गरि सञ्चालन गर्नको लागी कुमाख गाउपालिकाका भिम कुमाखी र बन्गाड कुपिण्डे नगरपालिकाका पुस्कर बिकलाई कार्यालय सचिव राख्ने निर्णय गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला ईचार्ज टेक बहादुर बस्नेत, सह—ईन्चार्ज गुलावजंग शाह, प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो । सम्मेलनको सहजीकरण पार्टी जिल्ला सचिव कर्ण बहादुर बढाथोकीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित