बिद्यालय ब्यबस्थापन समिती गठनमा शारदा नगरपालिकाले हस्तक्षेप ग¥योः नेकपा

सल्यान ९, पौष ।
सल्यानको शारदा नगरपालिकाले नगर भित्रका सामुदायिक बिद्यालयहरुमा स्वेच्छाचारी, निरंकुश र सत्ताको चरम दुरुपयोग गरेको आरोप लागेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) शारदा नगरपालिका १३ ले शारदा नगरपालिकाले बिद्यालय जस्तो पबित्र ठाँउमा पनि राजनिति गरेको आरोप लगाएको हो ।

बिद्यालय ब्यबस्थापन समिती गठन कार्यमा शारदा नगरपालिकाले हस्तक्षेप गरेको नेकपाको ठहर रहेको छ । मंगलबार साँझ नेकपा शारदा नगरपालिका १३ का अध्यक्ष बुद्धिराम भण्डारी र सचिव छविलाल रोकाले प्रेस बिज्ञप्ती जारी गरेर बिद्यालय ब्यबस्थापन समिती गठन कार्यमा ठाडो हस्तक्षेप नगर्न नगरपालिकालाई आग्रह गुर्नभएको छ ।


“लक्ष्मी माद्यामिक बिद्यालय स्यानिखालमा मसिंर २८ गते बसेको अभिभावक भेलामा बिद्यालय ब्यबस्थापन समिती गठनमा सहमती हुन नसकेपछि निर्वाचनमा जाने भनी बहुमत अभिभावकहरुले निर्णय गरि पुस ११ गते निर्वाचन गर्ने गरि निर्वाचन सहयोग समिती गठन र कार्यतालिका समेत निर्माण गरि अभिभावकको अन्तिम नामावली प्रकाशन, उम्मेदवारको मनोनयन दर्ता, दावी बिरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भई निर्बाचनको संघारमा शारदा नगरपालिकाको कार्यालयले कथित निवेदनको आधारमा ठाडो हस्तक्षेप गरि निर्वाचन रोक्न गरेको दुस्प्रयासले लोकतान्त्रिक बिधि र पद्धतिको उपहास भएको छ” –बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ –“नगरको यस कार्यले गर्दा बिद्यालय जस्तो पबित्र स्थलमा राजनितिकरण गर्दै पठनपाठन अस्तब्यस्त पार्दै सयौँ बिद्यार्थीहरुको निर्धक्क साथ पढ्न पाउने हक माथि कुठाराघात गरिदैँ छ ।” यस बिद्यालयमा तोकिएको समयमा नै बिद्यालय ब्यबस्थापन समितीको निर्वाचन गर्न नेकपाले माग गरेको छ ।

यस्तै निर्वाचन नभएसम्मका लागी शारदा नगरपालिका १३ – पौष ८ गते साँझ ६ बजे देखी अनिश्चित कालिन बन्द गरि यस क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका कामकार्बाहीहरु अबरुद्ध र बहिष्कार गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै यस परिस्थितीबाट उत्पन्न समस्याको जवाफदेखी शारदा नगरपालिका र शारदा नगरपालिका वडा नम्बर १३ को कार्यालय रहने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिद्यालय ब्यबस्थापन समितीको लागी नेकपाबाट बिक्रम रोका, टिकाराम रावत, ईन्द्रा बुढा र धनि कुमारी डाँगी तथा नेपाली काँग्रेसबाट बल बहादुर भण्डारी, लालमन बिक, शिला केसी र लिलावती बुढाथोकीले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस