बनगाड कुपिण्डेका ६ हजार बढी घरधुरीमा स्टिकर टाँसिदैँ

दुर्गा बिसी,
सल्यान ९, पौष ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका ६ हजार बढी घरधुरीमा स्टिकर टाँसिने भएको छ । समाजमा जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले स्टिकर टाँस्न लागिएको हो । यसैक्रममा बनगाड कुपिण्डे नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको साझेदारीमा जनहितमा जारी स्टिकरको आज उद्घाटन गरिएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले सार्वजनिक स्थानमा सो स्टिकर टाँसेर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । आत्मा हत्या, वालविवाह, वालमजदुरी, समाजमा घट्ने जती पनि अपराधजन्य घटनाहरु छन् ती घटनाहरुलाई निर्मुल पार्नका लागी स्टिकरले मद्धत गर्ने उहाँको बिश्वास छ । अब समाजमा जुनसुकै घटना घटेपनि स्टिकरमा रहेका टेलिफोन नम्बरमा सम्पर्क गर्न सकिने छ ।


सम्बन्धीत कार्यालयहरुको फोन नम्बर सहित समाजमा हुने विकृति विसंगती निरुत्साहित गर्न सो नम्बरमा फोन गर्न सकिने छ । सल्यानको पश्चिम क्षेत्रमा वढ्दो वालविवाह र वहुविवाहलाई कम गर्न यसले सहयोग गर्ने नगरपालिकाको बिश्वास छ ।

यस्तै कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले स्टिकर हाम्रो समाजको न्यायिक ऐना भएको बताउनुभयो । यसले आपतकालीन अवस्थाको साथीको रुपमा काम गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुख मञ्जु यरी, नेकपा सल्यानका सचिव कर्णवहादुर वुढाथोकी, ईलाका प्रहरी कार्यालय सल्लीका इन्चार्ज प्रेम वोहरा लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन नगर रोजगार संयोजक भिम पुनले गर्नुभएको थियो । नगरपालिकाका १२ वटै वडाका प्रत्येक ६ हजार ४ सय २६ घरधुरीमा यो स्टिकर टाँस गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस