सल्यान १०, पौष ।
दलित बिकास समाज सल्यानद्धारा सञ्चालित सुआहारा र सुशासनका लागि नागरिक सहभागिता कार्यक्रमको दार्मा गाउँपालिकामा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकामा अहिले सम्म गरिएका काम, प्रभाब र आगामी दिनको योजनाका बारेमा जानकारी गराईएको थियो ।
दलित बिकास समाजद्धारा सञ्चालित कार्यक्रम राम्रो रहेको र यसलाई निरन्तरता दिनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । उनीहरुले यस कार्यक्रममा स्वास्थ्य तथा सुशासनका बिषयमा थुप्रै ज्ञान प्रदान गरेको बताएका थिए ।
दलित बिकास समाजका कार्यकारी निर्देशक दुर्गा पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष निम बहादुर केसीले यस कार्यक्रमले गाउपालिकामा सकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँले गाउपालिका सँगको समन्वय र छलफलबाट कार्यक्रम सञ्चालन गर्दा झन प्रभावकारी भएको बताउनुभयो । उहाँले गाउपालिकाको बिकास र समृद्धिका लागी आगामी दिनहरुमा पनि सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।
सहभागीहरुले उठाएका प्रश्नको जबाफ दिदँै सुशासनका लागि नागरिक सहभागिता कार्यक्रमका संयोजक गुमाण सिंह नेपाली र सुआहाराका फिल्ड संयोजक तोरण बुढाथोकीले आगामी दिनमा पनि गाउँपालिका र सरोकारवालासंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको थियो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष टिका शर्मा वली, वडाअध्यक्ष, बिषयगतका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शिब डाँगीले गर्नुभएको थियो ।