दुर्गा बिसी,
सल्यान १०, पौष ।
सल्यानको पश्चिमी भेगमा ब्यबसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । पछिल्लो केही बर्ष यता पश्चिमी क्षेत्र सल्लीबजार, बालुवासंग्रही लगाएतका ठाँउहरुमा ब्यबसायका लागी लगानी बढ्दै गएको छ । समयको माग र आबश्यकता अनुसार होटल ब्यबसायमा लगानी बढाउदैँ गएको ब्यबसायीहरुको भनाई छ ।
बिगतमा २÷४ वटा सामान्य खाना खाने र बास बस्ने होटल मात्रै भएको यस क्षेत्रमा अहिले धमाधम होटल सञ्चालन हुन थालेका छन् । यस क्षेत्रमा मात्रै करोडौँ रुपैँया होटल ब्यबसायमा लगानी भएको छ । जाजारकोट, रुकुम र डोल्पाको प्रवेशद्धारका रुपमा रहेकाले पनि होटल ब्यबसाय फस्टाउदैँ गएको ब्यबसायीहरु भनाई छ । अहिले यस क्षेत्रमा २ दर्जन बढी साना ठूला होटलहरु सञ्चालन भैरहेका छन् ।
अहिले बिभिन्न सेवा सुबिधा धमाधम होटल खोल्ने क्रम जारी रहेको छ । यसैक्रममा करोडौँको लगानीमा सल्लीबजारमा ग्रिन पिस प्यालेस सञ्चालनमा आएको छ । तालिम, गोष्ठीका लागी हल र स्तरीय सेवा सुबिधा सहित ब्यबसाय सञ्चालन गरिएको सञ्चालक शिव वलीले बताउनुभयो । सल्लीबजार सम्भावनाको क्षेत्र भएकाले पनि होटलप्रति लगानी बढाएको सञ्चालकहरुको भनाई छ ।