शारदा साना किसान कृषि सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न

सल्यान १२, पौष ।
शारदा साना किसान कृषि सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको शारदा नगरपालिका ६ बरला मा शुक्रबार साधारण सभा सम्पन्न भएको हो ।

सहकारी संस्थाका अध्यक्ष ईश्वरी बुढाथोकीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक बर्ष २०७५।०७६ मा संस्थाले गरेका विभिन्न क्रियाकलापहरुका वारेमा छलफल गर्दै आगामी आर्थिक बर्षका लागि बार्षिक कार्ययोजना पारित गरेको छ ।

यस संस्था शारदा नगरपालिका वडा नं ६, ७ ,१४ र १५ मा सञ्चालन भैरहेको छ । यस सहकारीमा ४ सय २५ जना शेयर सदस्य रहेका छन् ।

 

शारदा नगरपालिका ६ का वडा अध्यक्ष भिक राज बुढाथोकि को प्रमुख ,आथित्यता तथा शारदा नगरपालिका १५ का वडा अध्यक्ष हिमेन्द्र बाबु सजेवाल को बिशिष्ट आथित्यता मा भएको कार्यक्रम मा सहकारिमा राजनिति, भेदभाब र ऋण लगानि सहि सदुपयोग गर्न सहभागि अतिथिहरुले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस