दुर्गा बिसी,
सल्यान १२, पौष ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा प्याब्सन सल्यानको चौँथो साधारण सभा सम्पन्न भएको छ । आज सल्लीबजारमा प्याब्सन सल्यानको चौँथो साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले निजि विद्यालयहरुले पनि देशमा गुणस्तरीय शिक्षा दिन तर्फ अभिप्रेरित हुनुपर्ने, मातृभाषा, संस्कृत, संस्कार जस्तो कुरालाई जोड दिनुपर्नेमा जोड दिनुभयो । उहाँले निजि विद्यालय देशको शिक्षाको गुणस्तरीयता र दक्ष जनशक्ति उत्पादन गर्ने माध्यम वनेको बताउनुभयो ।
जिल्ला अध्यक्ष जितवहादुर भण्डारीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै प्याब्सन केन्द्रीय सदस्य महेश देवकोटाले राज्यबाट निजी बिद्यालयमा शुन्य लगानी भएपनि साहनुभुति समेत नरहेको बताउनुभयो । उहाँले निजि बिद्यालय सञ्चालनको लागी वेला वेलामा राज्यले ल्याउने कानुन समेत वाधक रहेको बताउनुभयो । सो अबशरमा प्याब्सनमा आवद्ध भएका केही विद्यालयहरुलाइ प्रमाणपत्र समेत दिएको छ ।
यस्तै प्याब्सनका जिल्ला सल्लाहकार पुर्णवहादुर वस्नेतले राज्यले निजि विद्यालयहरु समाप्त पार्न खोजेको आरोप लगाउनुभयो । सभामा २५ वटा भन्दा बढी निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल सल्यानका संचालकहरुको सहभागिता रहेको छ ।
सो अबशरमा नगर उपप्रमुख मञ्जु यरी, लङगृन वोर्डिङ स्कुल सल्लिका संस्थापक शिव वली लगाएतकाले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।