बिद्यार्थीहरु बृद्धाश्रममा : ‘परिवारमा नै माया, ममता दिनसके बुढेसकालमा बृद्धाश्रम जानु पर्दैन्’

सल्यान १३, पौष ।
भाविका जेष्ठ नागरिकहरुलाइ परिवारमा नै माया, ममता दिन सके बुढेसकालमा बृद्धाश्रम जानु नपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । राप्ती शिक्षा क्याम्पस घोराहीका स्नातक चौँथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले घोराही उपमहानगरपालिका १६ तेरौटेमा रहेको बृद्धाश्रममा शनिबार गरेको कार्यक्रममा जेष्ठ नागरिकहरुले यस्तो बताएका हुन् ।


कार्यक्रममा बोल्दै जेष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष भुपाल गिरीले अब आउने पुस्तालाइ जेष्ठ नागरिकको सम्मानका लागि हरेक पाठ्यक्रमले नैतिक शिक्षा प्रदान गर्नुपर्ने बताउनु भएको छ । सो अबशरमा जेष्ठ नागरिक सरोकार केन्द्र दाङका संस्थापक एवम् सदस्य ददिराम खनालले बृद्धाश्रमको इतिहास र पछिल्लो समयमा बृद्धबृद्धाले भोगिराख्नु परेको समस्या बारे जानकारी गराउनु भएको थियो ।
बृद्धाश्रममा नै पुगेर आफ्नै छोराछोरी सरहको माया, सद्भाव देखाउने सम्पुर्ण प्रती जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । सो अबशरमा विद्यार्थीहरुद्वारा संकलित केही नगद र फलफुल हस्तान्तरण गरिएको थियो ।

स्नातक चौथो वर्ष प्रयोगात्मक परिक्षाको आंशिक पाठ्यभार पूरा गर्न गरिएको अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरु दिपेश लामिछाने, रमेश बसेल, पुजा पुन, नवीन किशोर ओली, नव राज पुन लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रममा ३६ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थी कौशल ओलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस