सल्यान आउनु, सुन्तला नखाएर नजानु (हेर्नुहोस ९ फोटोमा)

सल्यान १३, पौष ।
सुन्तला खेतीका लागी प्रख्यात जिल्ला हो सल्यान । बागचौर नगरपालिकाको कोटमौला, छत्रेश्वरी गाउपालिकाको दमाचौर, सिद्धकुमाख गाउपालिकाको चाँदे, त्रिबेणी गाउपालिकाको फलावाङ्ग र शारदा नगरपालिकाको सेजवालटाकुरा लगाएतका ठाँउमा सुन्तला खेती हुन्छ ।
अहिले यी ठाँउहरु सुन्तला पाकेर पहेलैँ भएका छन् । किसानहरु सुन्तला बिक्री गर्न ब्यस्त रहेका छन् । जिल्लामा उत्पादित केही सुन्तला जिल्लामा नै खपत हुन्छ भने बाँकी जिल्ला बाहिर निकासी हुन्छ ।
हेर्नुहोस फोटोमा

प्रतिक्रिया दिनुहोस