रेडक्रस सोसाईटी उपशाखा रागेचौरको पाँचौ साधारण सभा सम्पन्न

सञ्जिव लामिछाने,

कुमाख १५, पौष ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सल्यान रागेचौरको पाँचौ साधारण सभा सम्पन्न भएको छ । उपशाखा रागेचौरका सभापति राम कुमार लामिछानेको अध्यक्षतामा पाँचौ साधारण सभा सम्पन्न भएको हो । सभामा गत आर्थिक बर्ष २०७६।०७६ को आयब्यय सार्वजनिक गरिएको थियो ।

जसमा ४४ हजार ७५ रुपैँया आम्दानी भएको छ भने १८ हजार ५ सय रुपैँया खर्च भएको छ । यस्तै २५ हजार ५ सय रुपैँया बचत रहेको सचिब भुबनेश्वर शर्माले जानकारी दिनुभयो ।

उपशाखा रागेचौरमा हाल ५८ जना आजिबन सदस्य रहेका छन् । सभाले २९ औँ जिल्ला अधिबेशनका लागी ३ जना प्रतिनिधि छनोट गरेको छ । जसमा भुबनेश्वर शर्मा, ईन्द्र राज शर्मा र धन बहादुर हमाल रहनुभएको छ । उपसभापति इन्द्रराज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिब भुबनेश्वर शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस