कालीमाटी १५, पौष ।
नागरिकको सहभागिता बिना स्थानिय तहमा सुशासन कायम हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले निति निर्माण प्रक्रिया देखी कार्यान्वयन सम्म नागरिकको सहभागिता भएन भने स्थानिय तहमा सुशासन कायम नहुने बताएका हुन् । दलित बिकास समाज सल्यानद्धारा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्र्तगत कालीमाटी गाउपालिका स्तरीय समन्वय बैठकमा सहभागीहरुले यस्तो बताएका हुन् ।
कालीमाटी गाउपालिका १ का वडाअध्यक्ष रविलाल बस्नेतले स्थानिय तहले गर्ने हरेक कार्यमा नागरिक सहभागिता अतिआबश्यक भएको बताउनुभयो । नागरिकको साथ र सहयोग बिना हामी एक्लैले काम गर्न सक्दैनौँ, निति निर्माण प्रक्रिया देखी योजना कार्यान्वयन र भुक्तानी प्रक्रिया सम्म पारदर्शी हुनु आबश्यक छ, हामी आफैँ सुसुचित हुन आबश्यक छ उहाँले भन्नुभयो ।
दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष सहनशिलता वलीले गाउपालिका देखी स्थानिय तह सबै पारदर्शी हुनुपर्ने बताउनुभयो । उहाँले गाउपालिकाले सुशासनका क्षेत्रमा थुप्रै काम गरेको भएपनि सञ्चारको पहुँच नुहदा बाहिर आउन नसकेको बताउनुभयो । स्थानिय तहमा सुशासन कायम गर्न सकियो भने मात्रै हरेक क्षेत्रमा जनसहभागिता बढ्ने उहाँको भनाई छ ।
सुशासनका लागी नागरिक सहभागिता कार्यक्रमले मुलतः शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । नागरिक र स्थानिय तहका बीच सहभागितामुलक सहयोगात्मक सम्बन्ध स्थापना गर्ने र स्थानिय तहमा सुशासन कायम गर्न सहयोग गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको जिल्ला कार्यक्रम संयोजक गुमानसिंह नेपालीले जानकारी दिनुभयो ।