कुमाख १५, पौष ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को उद्घाटनको अबशर पारेर सल्यानको कुमाख गाउँपालिकाले कुमाख लेकमा पुगेर भ्रमण बर्षको उद्घाटन गर्ने भएको हो । कुमाख लेकमा पुगेर गाउँपालिकाले भ्रमण बर्ष २०२० को शुभकामना अदानप्रदान गर्ने र कुमाखमा अन्तरिक तथा वाह्य पर्यटकको अगमनलाइ ध्यान केन्द्रित गर्ने गरि अभियान चलाउने भएको हो ।
गाउँपालिका अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष डिल्लीराज जैसी लगायत स्थानियवासीको सहभागितामा भ्रमण बर्षको उद्घाटन गरिने प्रमख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कुमाख गाउपालिका भित्र कुमाख लेक, लेखका वरपर विभिन्न गुफा, विभिन्न स्थानमा मठ मन्दिर लगाएतका रहेका छ ।
‘घुम्न आएका अतिथिको सम्मान, भ्रमण बर्ष २०२० को साझा आह्वान’ भन्ने नारा सहित भोली बुधबारबाट भ्रमण बर्ष २०२० शुरू हुदैछ ।