दार्मामा नेपाली काँग्रेस छोडेर २ दजर्न बढी नेकपामा प्रवेश

सल्यान १६, पौष ।
सल्यानमा नेपाली काँग्रेस पार्टी छोडेर २ दर्जन बढी नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । जिल्लाको दार्मा गाउपालिका २ मा आयोजित नेकपाको पार्टी प्रवेश कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य निम बहादुर केसी (अरुण) ले उनीहरुलाई नेकपामा स्वागत गर्नुभएको हो ।


पार्टी प्रवेश गर्नेहरुमा दार्मा गाउँपालिका वडा नम्बर २ का भद्र बहादुर केसी, शिबलाल कामी, प्रेम बहादुर कामी, तेजी कामी, बुदे कामी, तसे परियार, जमनी कामी, रहनुभएको छ । यस्तै नोखी कामी, सम्झना महर, सानिया सुनार, गिता सुनार, काली कामी, टीका विक, सुगी कामी, अमृता कामी, चन्द्रि कामी लगाएतका रहेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै केसीले पार्टीको निति, बिधिमा रहेर काम गर्न निर्देशन दिनुभएको छ ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य पुतला खड्का लगाएतको सहभागिता रहेको थियो । डिल्ली केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टेकमान बिकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस