दुर्गा बिसी,
सल्यान १७, पौष ।
सल्यानको एक सामुदायिक बनले ग्याँस चुलो बितरण गरेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बाग्चौरमा रहेको मयुरपँखी सामुदायिक बनले बन समुहमा आबद्ध सदस्यहरुलाई निशुल्क ग्यास चुलो बितरण गरिएको हो । समुहमा रहेका ३२ घरधुरीलाई ग्याँस चुलो बितरण गरिएको अध्यक्ष शोभान बिष्टले जानकारी दिनुभयो ।
सामुदायिक बनको संरक्षण र प्रयोगलाई कम गर्न ग्यास चुलो बितरण गरिएको हो । यस सामुदायिक बनमा ४५ घरधुरी रहेका छन् । ती मध्ये केही घरधुरीलाई पहिले नै ग्यास चुलो बितरण गरिएको थियो । सामुदायिक बनको करिब २ लाख रुपैँया बढी खर्च गरेर ग्यास चुलो खरिद गरि बितरण गरिएको सामुदायिक बनले जनाएको छ ।