सल्यान टुडे समाचारको प्रभावः मृगौला पिडित टमाटाको उपचारको लागी साढेँ तीन लाख आर्थिक संकलन

दुर्गा बिसी,
सल्यान १९, पौष ।
सल्यानको बन्गाड कुपिण्डे की एक मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा ११ रैकर निवासी मृगौला पिडित ३९ वर्षिया विष्णु टमाटाको उपचारको लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।मृगौला पिडित विष्णु टमाटा वचाउ अभियान सञ्चालनकर्ताहरुले आज सहयोग रकम हस्तान्तरण गरेका हुन् । बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोबिन्द कुमार पुनले ३ लाख ५७ हजार नगद मृगौला पिडितको आमा रेउती विकलाई घरमा नै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

सल्यान टुडे डटकमले गत मंसिर ११ गते ‘मृगौला पिडित बिष्णुः आर्थिक अभावले उपचार हुन सकेन्’ शिर्षकको समाचार प्रकाशित गरेको थियो । नगरप्रमुख पुनले आफ्नो व्यक्तिगत तर्फबाट रु.५ हजार सहयोग गर्नुभएको छ । उपचारमा आर्थिक अभाव भएको श्रीमान जयराम टमाटाले वताएपछि उपचारको लागि स्थानीयले अभियान सञ्चालन गरेका थिए । परिवारले ३० लाख वढी रकम अस्पतालहरुमा उपचारकै क्रममा सकिएको जनाएको छ ।


टमाटाको हाल मानव प्रत्यारोपन केन्द्रको विशेष पहलमा भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ । मृगौला प्रत्यारोपनको लागि मृगौला प्रदान गर्ने डोनर तयार भैसकेकोले अस्पतालको भनाई छ । मृगौला पिडित टमटाको जिवन रक्षाका लागि लङ्ग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजारले आर्थिक जोहोको लागि अभियान सञ्चालन गरेको थियो ।

लङ्ग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजारका प्रवन्धक निर्देशक कमल वलीले टमाटाको जीवन रक्षाका लागि अभियानमा जम्मा भएको ३० हजार रुपैँया समेत हस्तान्तरण गर्नु भएको छ । यो रकम प्रर्याप्त नभएकाले अझै आर्थिक सहयोग गर्न सहयोगी मनहरुलाई परिवारले आग्रह गरेको छ ।

वडाअध्यक्ष बीरबहादुर बुढाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन दलवहादुर विकले गर्नुभएको थियो । आर्थिक सहयोग संकलन कार्यक्रममा शुरुमा समाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरेकोमा सल्यान टुडे डटकमलाई पिडित परिवार तथा अभियानकर्ताहरुले धन्यवाद दिएका छन् । मिडिया मार्फत सबै स्थानमा जानकारी गराउन मानवीय सहयोग गरेकोमा सल्यान टुडे डटकमको प्रभाव समेत देखिएको सहयोग रकम हस्तान्तरण कार्यक्रम अभियान सञ्चालनकर्ताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस