सल्यान २०, पौष ।
सल्यानको एक बिद्यालयलाई सोलार सहयोग गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ५ खैरागाडमा रहेको भगवती आधारभुत विद्यालयलाई पूर्वविद्यार्थी ज्ञानवहादुर विकले सोलार सेट सहयोग गर्नुभएको हो ।
उहाँले विद्यालयलाई फोटो कपी मेसिन र कम्प्युटर सञ्चालन गर्नको लागी ४ सय वाटको सोलार सहयोग गर्नुभएको प्रधानाध्यापक चन्द्रा घर्तिले जानकारी दिनुभयो । वाल्यकालमा आफुले अध्ययन गरेको गाउँको विद्यालयलाई १ लाख वरावरको सोलार उपलब्ध गराएको बिकले बताउनुभयो । बिद्यालयमा सोलार उपलब्ध गराएपछि बिद्यालय परिवार खुसी भएको छ ।