१ सय ९ जनाले आँखाको ज्योती पाए

दुर्गा बिसी,
सल्यान २०, पौष ।
सुर्खेतको सिम्ता गाउँपालिकाले आयोजना गरेको निशूल्क आँखा शिविरबाट ५ सय ४९ जनाले सेवा लिएका छन् । आँखा शिविरमा सिम्ता गाउँपालिकाका विभिन्न वडाका १ सय ९ जना मोतिया विन्दु भएकाको शल्यक्रिया गरिएको छ । आँखा शिविर सञ्चालन गरि आफ्ना नागरिकको स्वास्थ्य प्रति गाउँपालिका संवेदनशिल वनेकोमा आँखा उपचार गर्न शिविरमा आएका स्थानीयले प्रशंसा गरेका थिए ।


शल्यक्रिया पश्चात नागरिकले अध्याँरो संसारबाट पुनःउज्यालो देख्न पाएका छन् । आँखा शिविरमा जेष्ठ नागरिकलाई कम्मल समेत वितरण गरिएको थियो । बर्षेनी यस गाउपालिकाले स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । जनतासँग सिम्ता गाउँपालिका भन्ने मुल नारालाई आत्मसाथ गर्दै गाउपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


गत बर्ष पनि सिम्ता गाउँ स्वास्थ्य शाखाको आयोजनामा १ हजार नागरिकको आँखाको उपचार भएको स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनुभयो । मोतिया विन्दुको अप्रशेन पछि गाउपालिकाले आफ्नै गाडीमा जेष्ठ नागरिकहरुलाई घर सम्म छोडिदिएको छ । शिबिरमा गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, वडाअध्यक्षहरु लगाएतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित