त्रिबेणी गाउपालिकाद्धारा ५० प्रतिशत अनुदानमा उन्नत बोका बितरण

सल्यान २१, पौष ।
सल्यानको त्रिबेणी गाउपालिकाले किसानहरुलाई अनुदानमा उन्नत जातको बोका बितरण गरेको छ । कृषि र पशुपालनलाई प्राथामिकता दिएर काम गर्दै आएको गाउपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई बोका बितरण गरिएको छ । बाख्रापालन ब्यबसायलाई ब्यबस्थित र ब्यबसायिक बनाउने उद्धेश्यले रु. ६ लाख रुपैँयामा १० वटा बोका खरिद गरेर किसानहरुलाई बितरण गरिएको गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो ।

जसमध्ये २ वटा सहकारी, २ कृषक समुह र ६ जना कृषकलाई बोका हस्तान्तरण गरिएको गाउपालिकाले जनाएको छ । उच्च नश्लको प्रयोगबाट मासु उत्पादनमा बृद्धि गरी बाख्रामा हुने हाडनाता कम गर्न उन्नत जातको बोका बितरण गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताउनुभयो ।


उपहार सामाजिक महिला उद्यमी सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, सगरमाथा बाख्रा तथा पशुपालन समुह, समाज सुधार कृषक समुह सँगै उम बहादुर खड्का, भोजराज खड्का, बिजुली पुन, रेशम बहादुर बोहरा, नेत्रलाल खड्का र लोक बहादु्र थापालाई बोका प्रदान गरिएको छ ।

गाउपालिकाले किसानहरुले उत्पादन गरेको कृषि सामाग्रीहरुको लागी बजारीकरणको व्यबस्था गरिदिने भएको छ भने तौल्ने मेसिन, भकारो सुधारको लागी अनुदान, घाँसको स्रोत केन्द्र स्थापना गर्नको लागी अनुदान र गाउपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस