छिन्चु—जाजरकोट सडक खण्ड जिर्ण वन्दै

दुर्गा बिसी,
सल्यान २२, पौष ।
छिन्चु जाजरकोट सडक खण्ड अन्र्तगत सल्यानको सल्लीवजार देखी सुर्खेतको पोख्रे सम्मको सडक खण्ड जिर्ण वनेको छ । सडक जिर्ण हुदाँँ आवत जावतमा समस्या हुने गरेको छ । आर्थिक वर्ष २०६८।०६९ मा २० कि.मी. सडकको काम आशिष निर्माण सेवाले सडक वटासिलको काम सम्पन्न गरेको थियो ।


थोरै लागतमा धेरै काम गर्नुपर्दा छिटै वटासिल उम्किएको कम्पनीका प्रतिनीधी हेमराज वलीको दावी छ । सल्यान सल्लीवजार देखि पोख्रे सम्मको यात्रा कष्टकर वन्ने गरेको छ । मुख्य सडक माथि निर्माण गर्दै गरेका ग्रामिण सडकका कारण यो सडक दिनप्रतिदिन जिर्ण वन्दै गएको छ । बनगाड कुपिण्डेको बालुसँग्रही र सल्लीवजारको विच भागमा वेलावेला झर्ने सुख्खा पहिरोले दिनदिनै सडक अवरुद्ध गर्ने गरेको छ ।
सडकको माथिको भागको सुख्खा गिट्ठिद्धारा जमिनको भु–भाग खस्दा दैैनिक जसो बाटो अवरुद्ध समेत हुने गर्दछ । सुख्खा पहिरो रोकथाम र दिर्घकालिन उपायका वारेमा सडक डिभिजन कार्यालय विरेन्द्रनगर सुर्खेतले चासो नदिएको स्थानीयको भनाई छ । उक्त सडकको ५ सय मिटर क्षेत्रमा सुख्खा पहिरो झर्ने गरेको छ ।


केहि वर्ष अगाडी मात्रै पिच सडक ठाउँ ठाउँमा खाल्डाखुल्डीले सवारी साधान आवत जावतमा समस्या वढाएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार जिर्ण सडक मर्मतका लागि टेण्डर भैसकेको र आषाढ भित्रमा काम सकिने वताए पनि हाल सम्म मर्मतको काम सुचारु हुन सकिरहेको छैन् । वेलावेला आउने सुख्खा पहिरो ठिक समयमा नहटाउँदा नागरिकले दुख पाउने गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले नगरको जेसिवीले पहिरो हटाउदैँ आएको भएपनि पहिरो रोकिने क्रम नरोकिएको बताउनुभयो । यस सडकको मर्मतका लागी सडक डिभिजनले खासै चासो नदेखाएको उहाँको भनाई छ । छिन्चु जाजरकोट सडक खण्ड सुर्खेत सडक डिभिजनले हेर्ने गरेको छ । जिर्ण सडक मर्मत नहुदाँ दैनिक आवतजावतमा कठिनाई हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस