सल्यानमा मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी

सल्यान २३, पौष ।
जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यस बर्ष जिल्लाका १७ वटा माद्यामिक बिद्यालयमा मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो । यही माघ महिना दखी यस कार्यक्रमलाई अगाडी बढाउने कार्यालयले तयारी गरेको छ ।

मंगलबार सञ्चारकर्मी तथा सरोकारवालाहरु सँगको अन्तरक्रिया गोष्ठीमा बोल्दै जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले जिल्लामा बिगतमा सम्पन्न बिभिन्न निर्वाचनमा जुन क्षेत्रमा बढी मत बदर भएको छ सोही ठाँउमा मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले निर्वाचनको समयमा भएको बदर मतलाई घटाउन यस्तो तयारी गरिएको जानकारी दिनुभयो ।


‘कुन कुन बिद्यालयमा सञ्चालन गर्ने भनेर तोकिएको छैन्, हामीले बिद्यालयको तथ्यांक शिक्षा कार्यालयबाट माग गरेका छौँ, अब छिट्टै बिद्यालयको टुंगो लगाएर माघ देखी कार्यक्रम सञ्चालन गर्छौ’ उहाँले भन्नुभयो । लोकतन्त्रको संस्थागत बिकासका लागी मतदाता शिक्षाले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।

चालु आर्थिक बर्षको पौष १७ गते सम्म जिल्लामा ९ सय ६८ जना मतदाता थप भएका छन् । हालसम्म जिल्लामा १ लाख ४२ हजार ४ सय १४ जनाको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएको छ । सो अबशरमा उहाँले निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालयबाट भए गरेका गतिबिधि र निर्वाचन आयोगको तेस्रो रणनितिक योजना तथा राजनितिक दल सम्बन्धी ऐन २०७३ को बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस