सल्यानमा माघ २९ गते देखी प्रादेशीक महोत्सव सञ्चालन हुदैँ

बुद्धि पुन,
सल्यान २५, पौष ।
सल्यानमा प्रादेशीक कृषि, पर्यटन, उद्योग, ब्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । सल्यानको श्रीनगरमा आगामी माघ २९ गते देखि फागुन ११ गते सम्म १२ दिन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लामा उत्पादित स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्ने उद्धेश्यले महोत्वसको आयोजना गरिएको सल्यान उद्योग वाणिज्य संघ सल्यानले जनाएको छ ।

महोत्सवको अबधिभर करिब ५ करोड बराबरको कारोबार गरिने संघका अध्यक्ष बीर बहादुर चलाउनेले जानकारी दिनुभयो । शुक्रबार सल्यानको श्रीनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चलाउनेले महोत्सव अबधिभर १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अबलोकन गर्ने जानकारी दिनुभयो । कृषि, पशु, वन, उद्योग, ब्यापार तथा पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको हो ।


जिल्लामा भएका विभिन्न पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा जिल्लाका परम्परागत तथा धार्मिक नृत्यहरु महोत्सवको मुख्य आकर्षण भएको उहाँको भनाई छ । ‘जिल्लामा उत्पादित स्थानिय उत्पादनको प्रर्बद्धन र बजारीकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो’ उहाँले भन्नुभयो ‘हामीले बिगतका बर्षहरुमा पनि यस्तो महोत्सवको आयोजना गर्दै आएका थियौँ, बिबिध कारणले गत बर्ष आयोजन ागर्न सकेनौँ, यस बर्ष प्रादेशीक रुपमा नै महोत्सवको आयोजना गरिएको हो ।’

उहाँले यस महोत्सवले सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई पनि टेवा पुग्ने बताउनुभयो । उहाँले मेलामा २ सय बढी स्टलहरु रहने जानकारी दिनुभयो । ‘जिल्लामा विभिन्न पर्यटकीय स्थलहरु प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन्, तिनिहरुको प्रचारप्रसार र संरक्षणका लागी पनि यो महोत्सव महत्वपूर्ण छ’ उहाँले भन्नुभयो ‘जिल्लाका उत्पादनहरुलाई समेत स्टलमा राखिने छ ।’ अध्यक्ष चलाउनेकना अनुसार महोत्सवमा कृषि उपजहरुलाई प्रवद्र्धन गर्नका लागि कृषि उपजहरुको प्रदशनी गरिने र उत्कृष्टलाई पुरस्कारले सम्मानित गरिने छ ।

 

महोत्सव अबधिभर राष्ट्रिय तथा जिल्ला भित्रका कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सव प्रबेश सःशुल्क रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा जिल्ला स्तरीय भलिवल प्रतियोगिताको आयोजना पनि गरिएको छ । पत्रकार सम्मेलनको सहजीकरण महासचिब भरत बस्नेतले गर्नुभएको थियो । यसैवीच संघको नवौं बार्षिक साधारण सभा आगामी माघ २२ गते हुने भएको छ । आफ्नो स्थापना कालको २५ वर्ष पुरा भएकोले रजत दिवस मनाउने उद्योग बाणिज्य संघ सल्यानले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस