सल्यानमा कर्णाली प्रदेश सरकारबाट भएका योजनाहरुको निरिक्षण

बुद्धि पुन,
सल्यान २६, पौष ।
कर्णाली प्रदेश सरकारबाट भएका बिकास निर्माणका योजनाहरुको स्थलगत अनुगमण तथा निरिक्षण शुरु भएको छ । प्रदेश सरकारकोे आर्थिक सहयोगमा भौतिक पूर्बाधार मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, बन तथा पर्यटन मन्त्रालय अन्र्तगत सञ्चालन भएका योजनाहरुको अनुगमण शुरु गरिएको हो ।

प्रदेश सरकार अन्र्तगत रहेको अर्थ तथा प्राकृतिक स्रोत ब्यबस्थापन समितीले प्रदेशका दश वटै जिल्लामा सञ्चालन भएका योजनाहरुको स्थलगत अनुगमण शुरु गरेको हो । सोही क्रममा पहिलो पटक शनीबार सल्यानमा सञ्चालित बिभिन्न उद्योग, पर्यटन र सडकका योजनाहरुको अनुगमण थालिएको हो । कर्णाली प्रदेश सभा सदस्य सिता नेपाली र अमृता शाहीको नेतृत्वमा प्राबिधिक सहितको ५ सदस्यीय टोलीले जिल्लाका बिभिन्न योजनाहरुको स्थलगत अबलोकन गरेको छ ।


टोलीले जिल्लामा खुकुरी उद्योग, तारजाली उद्योग, गार्मेन्ट उद्योग, फर्निचर उद्योग, ग्रिल उद्योग, सडक लगाएतका प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमण गरेको हो । जसमा खलंगा बालुवासंग्रही सडक, खलंगा, श्रीनगर, थारमारे, सल्लीबजार लगाएतका स्थानमा सञ्चालित उद्योगहरुको अनुगमण गरेको हो । प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका योजनाहरु सम्पन्न भएनभएको, बजेटको सदुपयोग, बिगत र अहिलेको अबस्था र गरिएका कामहरुको दिगोपना लगाएका बिषयमा अनुमगण गरिएको हो ।

जिल्लाका बिभिन्न योजनाहरुको अनुगमण गर्दै प्रदेशसभा सदस्य नेपालीले प्रदेश सरकारको बजेटको सदुपयोग कसरी भैरहेको भन्ने बिषयमा अनुगमण गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारका योजना साना र ब्यक्ति लक्षित योजना भएको भन्ने गुणासो बढी रहेका बेला सरकारका प्रतिनिधिहरुले स्थलगत अवलोकन गर्न शुरु गरेका हुन् । ‘हामीले प्रदेशबाट सञ्चालित बिभिन्न योजनाहरुको स्थलगत अबलोकन गर्न थालेका छौँ, शुरुवात सल्यानबाट भएको छ, हामी कर्णालीका दश वटै जिल्लामा पुग्छौँ’ उहाँले भन्नुभयो ‘अबलोकनका क्रममा भेटिएका कुराहरुलाई समेटेर प्रतिबेदन तयार पार्छौ, त्यो प्रतिवेदन प्रदेश सरकालाई बुझाउछौँ ।’


उहाँले बजेटको सही सदुपयोग गर्न र दिगो रुपमा कार्यान्वयन गर्न पहिलो पटक संसदबाट समितीले अनुगमण थालेको बताउनुभएको छ । अनुगमणका क्रममा दक्षजनशक्ति अभावका कारण परम्परागत तरिकाले उद्योगहरु सञ्चालन भैरहेको बताउदैँ उहाँले दक्षजनशक्तिको ब्यबस्थापन गर्दै प्रदेशले आफ्नै ब्राण्ड सहितको उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिुनभयो ।

प्रदेश सरकारको सहयोगले खुकुरी उद्योग सञ्चालनलाई थप ब्यबस्थित बनाउन मद्धत पुगेको शारदा नगरपालिका २ का उद्योगी बिष्णु बिश्वकर्माले बताउनुभएको छ । बिगतमा परम्परागत तरिकाले खुकुरी उद्योग सञ्चालन गरेको बताउदैँ उहाँले प्रदेश सरकारले वल्डिङ्ग, ग्रील, कटिङ्ग, ग्रेण्डर लगाएतका उपकरण खरिदमा सहयोग गरेपछि ब्यबसाय सञ्चालन गर्न सहयोग मिलेको बताउनुभयो । खुकुरी उद्योगबाट मासिक ८० देखी ९० हजार सम्म आम्दानी गर्दै आएको उहाँको भनाई छ ।

प्रदेश सरकारको सहयोगमा उद्योग ब्यबसाय सञ्चालन गरिरहेका उद्यमीहरुले पनि सरकारको सहयोगले उद्योगलाई ब्यबसायीक र दिगो बनाउन मद्धत मिलेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस