परिवर्तन कृषि सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

महेश कुमार वली,
सल्यान २७ पौष ।
परिवर्तन कृषि सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा सल्यानको बन्गाड कुपिण्डे नगरपालिका ९ जयतपानीमा सपन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द पुनको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख गोविन्द पुनले आफनो नगरपालिका भित्रका सहकारी संस्थाहरुसंग सहकार्य गरी अगाडी वढ्न नगरपालिका प्रतिवद्ध भएको वताउनुभएको छ । सहकारीले स्थानीय स्तरमा आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने भएकोले सरकारसंगै लिएर अगाडी वढनुपर्ने पुनले बताउनुभयो ।


सहकारी संस्थाका अध्यक्ष राम वहादुर वस्नेतले बार्षिक प्रतिवेदन प्रस्ुतत गर्दै आगामी ५ बर्षमा सहकारी संस्थालाई सक्षम संस्थाको रुपमा विकास गरिने बताउनुभयो । सहकारी संस्थाले आगामी पाँच वर्ष भित्रमा शेयर सदस्य ५ सय जना पु¥याउने, कृषि उपज संकलन केन्द्रको स्थापना गर्ने, कृषि उपजहरु संकलन गर्ने, र कार्यक्षेत्र जिल्लाभरी विस्तार गरिने जानकारी दिनुभयो ।

सहकारी संस्थामा हाल २ लाख ६० हजार शेयर पुजी र २३ लाख निक्षेप रहेको छ । मोतिलाल बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव चक्र वहादुर डाँगीले सञ्चालन गर्नुभएको थियो । सहकारी संस्थामा अहिले १ सय ८० जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस