शारदा नगरपालिकामा आज सार्वजनिक बिदा

सल्यान २७, पौष ।
सल्यानको शारदा नगरपालिकाले आज आईतबार सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नगर भित्र सार्वजनिक बिदा दिईएको हो ।


नगरपालिका भित्रका सवै वडा कार्यालय, बिद्यालय, स्वास्थ्य चौकी लगाएत नगरपालिका मातहतका सरकारी एवम गैरसरकारी कार्यालयहरुमा बिदा दिएको नगरपालिकाले जनाएको छ । नगरपालिका मातहतका कार्यालयहरुमा सार्बजनिक बिदा भए पनी संघ अन्तर्गतका अन्य कार्यालयहरुमा भने बिदा लागू हुने छैन् ।

प्रतिक्रिया दिनुहोस