सल्यान २७, पौष ।
सल्यान प्रहरीले अबैँध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाका बिभिन्न ठाँउहरुबाट संकलन गरिएको मदिरा आज नष्ट गरिएको हो । प्रहरीले जिल्लाको सदरमुकाम खलंगा, तिलचौर, साईलाकम्द, संगित टोल, श्रीनगरबजार र पटनेरीबाट अबैध घरेलु मदिरा संकलन गरेको थियो ।
मदिरा सेवनका कारण समाजमा झैझगडा हुनुका साथै समाजमा बिभिन्न बिकृतिहरु पनि निम्तिने भएकाले घरेलु मदिरा नियन्त्रण गरी नष्ट गरिएको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । प्रहरीका अनुसार खलंगा क्षेत्रबाट घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ जाँड ५ सय लिटर, तयारी मदिरा ६२ लिटर र मदिरा बनाउन प्रयोग हुने भाँडा ८ सेट बरामद गरिएको थियो ।
यस्तै श्रीनगर क्षेत्रबाट कच्चा पदार्थ जाँड २ हजार २ सय लिटर, तयारी मदिरा १ सय २५ लिटर र मदिरा बनाउन प्रयोग हुने ७ सेट भाँडाहरु पनि प्रहरीले बरामद गरेको छ । पत्रकार लगाएत सरोकारवालाहरुको रोहबरमा अबैध घरेलुमदिरा नष्ट गरिएको हो ।