सल्यान २९, पौष ।
माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेशभरी लागुहुनेगरी सरकारले सार्वजनिक विदा दिएको हो । माघी पर्व थारु समुदायको पर्व हो तर कर्णालीमा थारु समुदायको कम बाहुल्यता रहेकाले सबै समुदायका लागि माघ १ गते सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिनुभयो ।
उहाँले प्रदेशमा बसोबास गर्ने बहुसंख्यक हिन्दु समुदायहरुले माघे संक्रान्ति मनाउने चलन रहेकाले पनि सार्व्जिनक विदा दिएको बताउनुभयो । मन्त्रालयले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापनामा सहादत प्राप्त गरेकाहरूको सम्झनामा भदौ ४ गते शहिद दिवस, माघ १ गते माघे संक्रान्ति, चैते दशैं र फोत्तोलो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।