दुर्गा विसि पौष,२९
सुर्खेतको सिम्ता गाउँपालिका वडा न ६ मा रहेको वागेश्वरि माविका अपांग छात्रवासका वालवालिकालाइ स्टेशनरी र बलाड्डंकेट वितरण गरिएको छ। सिम्ता गाउँपालिकाको आयोजना र समर्पण नेपाल संस्थाको आर्थिक सहयोगमा अपांग बालबालिकालाई सो सामग्री वितरण गरिएको छ ।
बागेश्वरी मावि राकममा सञ्चालित अपांग छात्रवासका विद्यार्थी हरुलाइ करिव ५० हजार वरारको आर्थिक सहयोगमा चिसो समयमा प्रयोग हुने कपडा,स्कुल ड्रेस र दुष्टि विहिन तथा अन्य अपांगता भएका वालवालिकालाई सो सामग्री वितरण गरिएको छ ।
स्थानीय सरकार सिम्ता गाउँपालिकाले वर्ष नि ५ लाख रकम उनिहरुको खाना,लत्ताकपडा,शिक्षा र स्वास्थ्यमा खर्च गर्ने गरेको छ । सहयोगि शिक्षक,भान्से र आवास लाएतका कुराहरुमा उक्त रकम खर्च हुने गरि विनियोजन भएको छ ।साथै स्थानीय सरकारको नाताले अपांग वालवालिकालाइ आवश्यक शिक्षा र स्वास्थ्य लगाएतका कुरामा संवेदनशील भएर लागेको र उनिहरुको बाँच्न पाउन,पढन पाउन,खेल्न,लेख्न र अन्य रुचिकर क्षेत्रमा सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनु भएको छ ।
उक्त सामग्री वितरण कार्यक्रम समर्पण नेपालका अध्यक्ष सुनिता पन्त,सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि,वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरि,उप प्रद्यापक युवराज पौडेल र बागेश्वरि मावि राकमका सहायक प्रधानाध्यापक यामराज गिरि लगाएतको उपस्थिति थियो । उक्त सामग्री विदेशमा वसेका नेपालीहरुको च्यारटि फन्टको सहयोगमा जुटेको आर्थिक संकलनबाट सिम्ताका अपांग वालवालिकाइ लत्ताकपडा र स्टेसनरी समान वितरण गरिएको छ । बागेश्वरी माविमा रुकुम,सल्यान,जुम्ला र जाजरकोटका गरि करिव २३ जना विभिन्न खाले शारीरिक अपांगता भएका छात्र तथा छात्राहरु अध्यायन गरिरहेका छन् ।