बनगाड कुपिण्डेमा सडक सुधारका लागि ५० वढिलाई रोजगारी दिईने

दुर्गा बिसी,
सल्यान २, माघ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले नगरका ५ सडकमा गरि करिव ५० वढिलाई रोजगारि दिने भएको छ । नगरको सल्लिवजार देखि बामे औलवेसी सडक,नाथेखोला हुदै जामुने बाँझकोट सडक,सालचौर नगालचुला सडक,सल्लिवजार हुदै आँपखोलि मैदुपोखरी कृषि सडक र वालुवासँग्रही देखि वावियाचौर जामिरे सम्मको सडक मर्मत तथा सुधारका लागि केही दिन अगाडि सडक मर्मत सुधार तथा सम्माहार कामदारको माग गरेको थियो ।

यस अंन्र्तगत नगरको साझेदारीमा ती कर्मचारीलाई ज्याला दिने जनाएको छ । रोजगार सँगसँगै सडकहरु जिर्न वन्ने क्रम वढे पछि सडक मर्मत सम्माहार कामदार मार्फत केही सुधार हुने नगर प्रमुख गोविन्द कुमार पुनको भनाई छ । नगरले तोकेका स्थानीय सडकहरुमा ती कर्मचारी खटाइने जनाएको छ । यस्ले एका तर्फ रोजगारि पनि दिने र सडक सुधार भए पछि आवतजावतमा समेत सहजिलो हुने जनाएको छ । नगरले तोकेका यी सडकमा छिट्टै सडक मर्मत तथा सम्माहार कर्मचारी खटिने प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनु भएको छ ।

कर्मचारीले तोकेका स्थानमा खटेर काम गर्ने जनाएको छ । त्यसै गरि सल्लिवजार बामे औल्वेसी सडक खण्डमा काम गर्ने ज्यामी तथा कामदारलाई काम गर्दा चाहिने उपकरण वितरणसँगै १ दिने तालिम समेत दिएर काममा खटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस