आचारसंहिता पालन गरेर भवन निमार्ण गरे भूकम्पवाट सुरिक्षित हुने सरोकारवालाको जोड

सल्यान २, माघ।
सल्यानमा भूकम्पवाट क्षति न्यूनिकरण गर्न भवन आचार संहिता कार्यान्वयनमा आउनु पर्ने सरोकारवालाहरुले बताएका छन । भूकम्प सुरक्षा दिवशको अवसरमा जिल्ला प्रशासन कार्यालय सल्यानले खलगामा आयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।
सरकारले अघि सारेको भवन आचार संहिता कार्यान्वयन गर्ने जीम्मेवारी स्थानीय तहको रहेकाले स्थानीय सरकारले भवन निर्माणमा नक्सा पासलाई मात्र अनिवार्य वनाउन सक्नु पर्ने बताएका छन ।
स्थानीय तहहरुले भवन निर्माणमा नक्सा पासलाई अनिवार्य बनाउन सके मात्र अव वन्ने नयाँ भौतिक संरचना भूकम्प वाट हुने क्षति कम गर्न सकिने शारदा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णवहादुर शाहीले वताउनुभयो । उहाँले विपदवाट हुने हानी नोक्सानी कम गर्न समुदाय स्तरमा सचेतना आवश्यक रहेको बताउनु भयो ।


शारदा नगरपालिकामा नयाँ वनिरहेका आवाश तथा अन्य भवनहरु नक्सा पास विना नवनाउन भने ग्रामिण क्षेत्रमा अझै कार्यान्वयनमा आउन सकेको छैन शाहीले भन्नुभयो, चेतनाको अभावमा अझै पनि भवन संहिता पालन भएको छैन ।
प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले कानुन भन्दा पनि कार्यान्वनको अभाव देखिएको बताउनु भयो । उहाले भन्नुभयो ऐन कानुन, कार्य्विधी भएपनि समुदाय स्तरमा पुरयाउन सकिएको छैन ।


विपद ब्यवस्थापन समितिका संयोजक समेत रहनु भएका प्रजिअ न्यौपानले आगामी दिनमा वस्ने समितिको वैठकवाट सवै स्थानीय तहका साझा बुझाई वनाएर भवन संहिता कार्यान्वयन वारे ठोस कदम चालिने वताउनुभयो । कार्यक्रममा सल्यानका प्रहरी प्रमुख डिएसीपी ढकेन्द्र खतिवडाले भूकम्प ,यसले ल्याउने विपत्ती, वच्न अपनाउनु पर्ने सावधानी लगायतका विषयमा कार्यपत्र पेश गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी गैह्रसरकारी संघ संस्थाका प्रतीनिधीको सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस