लगातारको वर्षाले जनजिवन प्रभावित

खलंगामा वालुवासग्रही सडक हिलाम्य

दुर्गा विसि, सल्यान ३ माघ ।
लगातारको हिउँदे झरिले सल्यान पश्चिमको जनजिवन प्रभावित पारेको छ । झरिसँगै चिसो वढे पछि यहाँका विद्यालयहरु समेत बन्द गरिएको छ । निरन्तर हिउँदे झरिले गहुँवालिलाई समेत नोक्सानि वनाएको छ ।

अविरल परिरहेको पानिले गाईवस्तु भाउ देख पशु चौपाया समेतलाई असर गरेको स्थानीयको भनाइ छ । धेरै हिउँदे वर्षाले गहुँ देखि पाखावारिमा लगाएको अन्य वालिवोटलाई समेत असर पुर्याएको किसानहरुको भनाइ छ । खेतबारीमा लगाएको गहुँ दैनिक दिनको हिउँदे झरिका कारण पहेँलो हुन थालेको छ ।

स्थानीय कच्चि सडकहरुमा समेत सवारी साधन चल्न सकिरहेका छैनन् । सल्यान पश्चिमको वालुवासँग्रही सल्यान खलंगामा सडक र सल्लि रुकुम चौहाजारी सडकमा समेत धेरै पानी परेकाले हिलाम्मे भएका कारण सवारी साधान गुड्न सकिरहेका छैनन् । पौषको अन्तिम सताबाट सुरु गरेको हिउँदे वर्षा दैनिक दिन नरोकिदा यहाँको जनजिवन प्रभावित पारेको छ । स्थानीय कामकाजमा समेत बाहिर निक्लन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित