नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम गाँउ परिषद तथा प्रशिक्षण कार्यक्रम सिद्धकुमाखमा सम्पन्न

सल्यान ५, माघ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धकुमाख गाउपालिका स्तरीय प्रथम गाउ परिषद तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गौरवशाली बिगत, चुनौतीपूर्ण बर्तमानः गुणस्तरका लागी शैक्षिक सुशासन भन्ने मुल नाराका साथ शनीवार ढोरचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धकुमाख गाउपालिकाका अध्यक्ष टोप बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपा सिद्धकुमाख गाउ कमिटी अध्यक्ष जीत बहादुर चलाउनेको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष मधुसुदन शर्मा, जिल्ला अध्यक्ष किशोर कुमार हमाल, उपाध्यक्ष जीत बहादुर बुढाथोकी, महिला उपाध्यक्ष गंगा गिरी, कोषाध्यक्ष दिपा वली, जिल्ला कार्य समिती सदस्य शिखर यरी, सिद्धकमाख गाउपालिका ईन्चार्ज बल बहादुर बुढाथोकी लगाएतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक गुणस्तर सुधारका लागी एकढिक्का भएर अगाडी बढ्न सहभागिहरुलाई सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धकुमाख गाउपालिका सचिब कुल बहादुर घर्तीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस