गाउपालिकाद्धारा ९ हजार वढी पशुचौपायको उपचार

दुर्गा बिसी,
सल्यान ५, माघ ।
सुर्खेतको सिम्ता गाउंँपालिकाले विभिन्न वडाहरुमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पशु शाखाको आयोजनामा शुक्रबार देखी शुरु भएको शिविर आईतबार आज सकिएको हो । गाउपालिकाले वडा नं १ को घोरेटा, वडा नं २ को काफलकोट, वडा नं ३ को झ्याम र वडा नं ४ को नाडमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


शिविरमा ६ हजार ७ सय ६५ खसीबाख्रा, ९ सय ६ वटा गाईगोरू, ३ सय ७१ वटा राँगाभैंसी र ९ सय ३९ वटा कुखुराको उपचार तथा स्वास्थ्य परिक्षण गरिएको गाउपालिकाले जनाएको छ । यस्तै ५१ वटा कुकुरलाई रेविज विरूद्घको खोप लगाईएको छ ।

बाँकी रहेका वडाहरूमा चैत महिनामा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने पशु शाखा प्रमुख दिल बहादुर पुनले बताउनु भएको छ । किसानहरुको सहजताको लागी टोल टोलमा पुगेर नै शिबिर सञ्चालन गरिएको उहाँले बताउनुभयो । शिविरमा पशु शाखा प्रमुख पुनको नेतृत्वमा पशु प्राविधिकहरू बल बहादुर राना, बिरेन्द्र चन्द, वकिल बहादुर विक, काशिराम शर्मा, कमला छन्त्याल र कार्यलय सहयोगी राम बहादुर विसी सहितको टोलि खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस